दस टनभन्दा बढी फोहोर पुन: प्रशोधन/पुन:प्रयोग

मुस्ताङ आवाज/जोमसोम

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोले आर्थिक वर्ष २०८१/०८२ मा मुस्ताङ जिल्लाभित्रका विभिन्न स्थानबाट संकलन गरिएको १० टन भन्दा बढी फोहोर पुन: प्रशोधन/पुन:प्रयोग का लागि पोखरा पठाइएको छ । एक्यापको अनुसार उक्त फोहोर पोखराको Green Road Waste Management कम्पनी मा पठाएको बताइएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा यस कार्यालयको कार्यक्षेत्र भित्र पर्ने घासा, लेते, कोवाङ, टुकुचे, स्याङ, कागबेनी र झोङ गरी विभिन्न ८ स्थानमा फोहोरमैला संकलन केन्द्र निर्माण सम्पन्न गरिएको छ । यसै क्रममा एक्यापले आफ्नो घरबाट निस्कने फोहोरको उचित वर्गीकरण गरि नजिकैको फोहोर संकलन केन्द्रमा सुरक्षित राखौं भन्ने जनचेतनामूलक जानकारी समेत गराएको छ ।

Facebook Comments Box