प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली बाढी प्रभावित क्षेत्रमा

मुस्ताङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले हिमपहिरो फुटेर आएको बाढीबाट प्रभावित मुस्ताङको न्यम्डो, छोसेर क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका छन् । यहि असार २४ गते साँझपख उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा आएको भीषण लेदोयुक्त बाढीले ६ वटा पुलमा क्षति पुर्याएको थियो ।

नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका– ४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएपछि स्थानीयमा त्रास उत्पन्न हुनुका साथै स्थानीयलाई सुरक्षीत स्थानतर्फ लगिएको थियो ।

प्रतिनिधिसभा सदस्य थकालीले लोमान्थाङ गाउँपालिकाका पूर्व अध्यक्ष सुवर्ण बिष्टसहितको टोली र स्थानीयबासीले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।
सो अवलोकनबाट बाढी प्रभावित समुदायको अवस्था बुझ्न र आवश्यक सहयोग तथा समन्वयमा चाँडैनै टेवा पुर्याउने अपेक्षा गरिएको छ । बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले स्थानीयसँग प्रत्यक्ष भेटेर चाडैंनै समस्याको समाधान हुने आश्वासन समेत दिनुभयो ।


