खेतमा राखिएको मलको थुप्रो

रासस मुस्ताङमा हिउँदे बाली लगाउने समय सुरु भएसँगै कृषकहरुले खेतमा राखिएको मल । यतिबेला खेतमा हालेको मल विशेषगरी हिउँदे बाली उवा, जौँ, आलु, स्याउ, ओखर, खुर्पानी, चिली र नास्पातिलाई फाइदा पुग्छ। तस्बिरः सुशीलबाबु थकाली

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित माम्ती गुफा ।

रासस प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय,आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरि थप आकर्षक बनाउने गरिएको छ । तस्बिर : सुशीलबाबु थकाली

मुस्ताङमा जम्न थाल्यो पानी

रासस जाडो मौसम सुरु भएसँगै मुस्ताङमा जम्न थाल्यो पानी । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र धाराहरुमा पानी जम्न थालेको छ । तस्वीर: सुशीलबाबु थकाली

खेतबारीमा लैजान व्यवस्थापन गरिएको मल

रासस व्यवस्थापन गरी राखिएको गाईवस्तुको मल खेतबारीमा लैजादै मुस्ताङका किसान । बर्खे बाली भित्र्याएपछि यतिबेला मुस्ताङका किसानलाई हिउँदे बाली लगाउन भ्याइनभ्याई भएको छ । तस्बिरः सुशीलबाबु थकाली

दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा

राससम्याग्दी —दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला […]

मुस्ताङको स्याउः बढ्दो माग, पुर्‍याउन धौधौ

रासस गण्डकी – मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो। पोखरामा  यहाँको स्याउको माग बढ्दो क्रममा छ। मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ। पछिल्लो समयमा मुस्ताङमा बढ्दो पर्यटकको आगमनले […]

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ मुस्ताङ इको हिल रिसोर्ट ।

बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत रहेको इको हिल रिसोर्ट पछिल्लो समय पर्यटकको रोजाइमा पर्ने गरेको छ । वरिपरि स्याउबारी अनि घना जङ्गलको बीचमा रहेको उक्त रिसोर्ट थासाङ–१ टुकुचे निवासी सरोज तुलाचनले विगत चार वर्षदेखि सञ्चालन गर्दै आउनुभएको […]

स्याङ गाउँ र निलगिरी हिमाल

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ र पृष्ठभूमिमा निलगिरी हिमाल । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्याङ गाउँको आफ्नै मौलिक परम्परा, धार्मिक, सांस्कृतिक र ऐतिहासिक विशेषताका कारण पर्यटक आकर्षित हुने गरेका छन् । तस्बिरः सुशील थकाली/रासस

थाक भलिबल तथा सांस्कृतिक बिकास संघको आयोजना लिइएको तस्बिरहरु।

तस्बिर : पुनहिल डट कम

५१ औं थाक खेलकुद प्रतियोगिताको उपाधी लेते र टुकुचेलाई

५१ औं थाक खेलकुद प्रतियोगिताको उपाधी निर्मल स्पोर्टिङ क्लब र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ निर्मल स्पोर्टिङ क्लब लेते र महिलातर्फ निलगिरी युवा […]